Skip This
ललितपुरको ग्वार्को-लामाटार सडकमा ३५७ स्मार्ट स्ट्रिट लाइट जडान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक ३ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक ३ शुक्रबार ११:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ललितपुरको ग्वार्को-लामाटार सडकमा ३५७ स्मार्ट स्ट्रिट लाइट जडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक ३ शुक्रबार ११:२४:oo

‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मूल सडकमा अत्याधुनिक स्मार्ट सडकबत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ। 

नेपाल विद्युत् प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब पाँच किलोमिटर सडकको दायाँबायाँ साइडमा तीन सय ५७ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले बिहीबार ललितपुरको इमाडोलमा गरिएको कार्यक्रममार्फत जडान गरिएका सडक बत्तीको संयुक्त रूपमा उद्घाटन गरेका छन्। 

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले ‘उज्यालो नेपाल’ कार्यक्रमअन्तर्गत अहिले हरेक घरघरमा विद्युत् पुर्‍याउन देशैभर चलिरहेको विद्युतीकरण अभियान करिब दुई वर्षभित्रमा सम्पन्न हुने बताए। नगर प्रमुख श्रेष्ठले मूलसडकमा जडान गरिएका बत्तीले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्नुका साथै सडकको यात्रालाई सुरक्षित बनाउने बताए। 

प्राधिकरण र महालक्ष्मी नगरपालिकाको साझेदारीमा सडकबत्ती जडानका लागि दुई करोड १६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। कुल लागतमध्ये प्राधिकरणले ८६ लाख र नगरपालिकाले एक करोड ३० लाख रुपैयाँ लागत साझेदारी गरेका छन्। बत्ती राख्नका लागि ६२ वटा नयाँ पोल जडान गरिएका छन् भने बाँकी सडक किनारमै रहेका पोलहरूलाई प्रयोग गरिएको छ।

कम विद्युत् खपत गर्ने, तर उज्यालो बढी दिने ९० वाट क्षमताका बत्ती जडान गरिएका छन्। स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी नगरको रात्रिकालीन सौन्दर्यता बढाउनेछ। नगरपालिकाले सडकबत्तीको महसुल तिर्नेछ।

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रूपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। यसका लागि  पाँच ठाउँमा फिडर प्यानल जडान गरिएका छन्। स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सीधै जोडिएको छ।