१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २ बिहीबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o कार्तिक २ बिहीबार ११:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंंकका अध्यक्ष पाण्डेको शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o कार्तिक २ बिहीबार ११:४९:oo

 सिटिजन्स बैंक इन्टरनेसनलका अध्यक्ष प्रवलजंग पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष पाण्डेले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग शपथ लिएका हुन् । 

कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, सुपरभिजन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, रेगुलेसन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, कम्पनी सचिव राजेन्द्रलाल श्रेष्ठलगायतको उपस्थिति रहेको जनाइएको छ ।

शपथग्रहणपछि अध्यक्ष पाण्डेले गभर्नरलगायत उपस्थित सम्मपूर्णलाई धन्यवाद दिएका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकको वर्तमान स्थिति र आगामी कार्यदिशाका बारेमा प्रकाश पारेका थिए ।

शपथग्रहण गराएपछि गभर्नर अधिकारीले समसामयिक एवं समग्र बैकिङ क्षेत्रको विषयमा धारणा व्यक्त गरेका थिए । अध्यक्ष पाण्डे बैंकको १७औँ साधारणसभापश्चात् बसेको सञ्चालक समितिको बैठकद्वारा सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएको जनाइएको छ । यसअघि उनले बैंकको सञ्चालकको हैसियतमा चार वर्ष कार्य गरिसकेको बैंकले जनाएको छ । 

ad
ad
ad
ad