१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पनौतीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:१o:oo

बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ५ सुन्दरबस्तीमा आज बिहान सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज०२९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा रामेछापको मन्थली नगरपालिका– १२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार गम्भीर घाइते भएकी बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा गाडीमा सवार आठजना घाइते भएका छन्। ‘घाइते भएका सबैको अवस्था सामान्य छ। अहिले उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ,’ श्रेष्ठले भने। रासस 

ad
ad