१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालमा लगानीका लागि अर्जेन्टिनालाई चेम्बरको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:१५:oo

नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अर्जेन्टिनलाई आग्रह गरेको छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर गोवीसँग चेम्बर भवनमा आज भएको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले लगानीका लागि आग्रह गरेका हुन् । 

नेपालको पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा प्रतिफलको उच्च सम्भावना भएको अध्यक्ष मल्लले बताए । उनले भने, ‘अर्जेन्टिना भौगोलिक दृष्टिकोणले टाढा भए पनि व्यापारिक क्षेत्रमा थुप्रै सहकार्य गर्न सकिन्छ । नेपालको पर्यटन क्षेत्र पृथक् खालको छ । सूचना प्रविधिमा पनि अधिक सम्भावना छ । दुई देशका निजी क्षेत्रबीच सहकार्यमार्फत लगानीका लागि आग्रह गर्दछु ।’

नेपालमा अवैतनिक दूतको नियुक्ति गरेर व्यापारिक सहकार्य गर्नसमेत अध्यक्ष मल्लले राजदूत गोवीसँग आग्रह गरे । नेपाल–अर्जेन्टिनाबीचको कूटनीतिक सम्बन्ध ६० वर्ष पूरा भएको सन्दर्भमा अध्यक्ष मल्लले व्यापारिक सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए । 

अध्यक्ष मल्लले अर्जेन्टिनाको निजी क्षेत्र र नेपाल चेम्बर अफ कमर्सबीच सहकार्य गर्न सकिए आर्थिक गतिविधि विस्तार हुने बताए । । नेपालले अर्जेन्टिनाबाट गत वर्ष करिब २५ अर्ब रुपैयाँको वस्तु आयात गरेको थियो । नेपालको जलविद्युत्, वनजन्य उद्योग, जडीबुटी प्रशोधनजस्ता क्षेत्रमा समेत लगानीका लागि मल्लले प्रस्ताव गरे । दुई देशका निजी क्षेत्रस्तरमा उच्चस्तरीय व्यापारिक भ्रमण गराएर आर्थिक गतिविधि विस्तार गर्न सकिनेमा अध्यक्ष मल्लले जोड दिए ।  

जवाफमा राजदूत गोवीले नेपालमा आर्थिक गतिविधि विस्तार गर्नका लागि आफूले पहल गर्ने बताए । हिमालय पर्वतको देश नेपाल भौगोलिक र प्राकृतिक दृष्टिकोणले समेत उच्च रहेको राजदूत गोवीको भनाइ थियो । दुई देशबीचको सम्बन्धलाई जनस्तरबाटै विकास गर्नुपर्नेमा राजदूत गोवीले जोड दिए । 

उनले भने, ‘नेपालसँगको सम्बन्धलाई जनस्तरबाटै विकास गर्न आवश्यक छ, यसका लागि पनि म पहल गर्छु ।’ नेपालको खाद्य सुरक्षाका लागि सहयोग गर्न अर्जेन्टिना तयार रहेकोसमेत उनले बताए । 

ad
ad