१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

यातायात व्यवस्था कार्यालय एकान्तकुनामा आजदेखि अनलाइन सेवा सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १६:१२:oo

सर्वाधिक भिड हुने यातायात व्यवस्था कार्यालय एकान्तकुनाले अनलाइन सेवा सुरु गरेको छ। अनलाइन सेवा सुरु भएपछि सर्वाधिक चहलपहल हुने ललितपुरको एकान्तकुनामा सेवाग्राहीको भिड हटेको छ। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले बिहीबार एकान्तकुना यातायात व्यवस्था कार्यालयमा अनलाइन सेवा सुरु गरेका हुन्। 

 दैनिक हजारौँ सेवाग्राही एकान्तकुना कार्यालयमा लाइन बस्ने गरेका थिए। ‘आजदेखि त्यो लाइन पूर्ण रूपमा हट्नेछ,’ मन्त्री ज्वालाले भने, ‘दैनिक हजारौँ सेवाग्राहीले पाउँदै आएको सास्ती आजदेखि हटेको छ।’

नयाँ सवारीचालक अनुमतिको आवेदन गर्न यसअघि नै अनलाइन सेवा सञ्चालनमा थियो। तर, बिहीबारदेखि राजस्व भुक्तानी, लाइसेन्स नवीकरण र वर्ग थप अनलाइनबाटै हुने भएको छ।

सवारीचालक अनुमतिपत्रका लागि अब लिखित परीक्षा, ट्राइल परीक्षा र बायोमेट्रिक गर्न तीनपटक मात्र यातायात व्यवस्था कार्यालय जानुपर्नेछ। अन्य सबै काम घरबाटै अनलाइन सेवामार्फत गर्न सकिने यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले बताए। 

ad
ad