सर्लाहीको बरहथवामा विद्युतीय धरापमा परी एक पुरुषको ज्यान गयो

बुधबार, २४ असोज, २०८०
डिजिटल संस्करण

सर्लाहीको बरहथवामा विद्युतीय धरापमा परेर एक पुरुषको ज्यान गएको छ ।गएराति बरहथवा नगरपालिका– १४, बिनवा टोलामा जंगली जनावरलाई थापेको विद्युतीय धरापमा परेर सोही स्थानका अन्दाजी ४५ वर्षीय शिवजी साहको मृत्यु भएको हो । राति पिसाब फेर्न घरनजिकै छिमेकीको खेतमा पुगेका साहलाई नांगाे तारबाट करेन्ट लागेको थियो । 

उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याए पनि साहलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । छिमेकी नरेश साहले जंगली जनावरबाट तरकारी खेती जोगाउन लगाएको विद्युतीय धरापमा साह परेका इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । 

घटनालगत्तै नरेश साह फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले नरेशका १९ वर्षीय छोरा रामकेवल साहलाई नियन्त्रणमा राखेर घटनाको अनुसन्धान गरिरहेको  जनाएको छ । शव परीक्षणपश्चात् आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार