१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २१:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

भारतमा स्क्रब टाइफसको संक्रमण बढ्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:४५:oo

भारतको पूर्वी राज्य उडिसामा ‘स्क्रब टाइफस’को संक्रमण बढ्दै गएको र आठजनाको मृत्यु भएपछि स्वास्थ्य विभागले परीक्षणलाई तीव्रता दिएको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

बुस टाइफस पनि भनिने स्क्रब टाइफस ‘ओरिएन्टिया सुत्सुगामुसी नामक ब्याक्टेरियाबाट हुने रोग हो । यो जनावरमा हुने किर्ना वा जुम्राको टोकाइबाट सर्छ ।

स्क्रब टाइफसको सबैभन्दा सामान्य लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने र कहिलेकाहीँ चिलाउनेजस्ता लक्षण देखिन्छन् ।  
  
उडिसाका स्वास्थ्य सेवा निर्देशक निरञ्जन मिश्रले भने, ‘केही जिल्लामा उक्त भाइरस संक्रमितको मृत्यु भएको रिपोर्ट आएको छ र हामी अहिले आठजनाको मृत्युबारे अनुसन्धान गरिरहेका छौँ ।’

मिश्रका अनुसार यस वर्ष राज्यभरि स्क्रब टाइफसको घटनामा वृद्धि भएपछि परीक्षणमा वृद्धि गरिएको छ । निर्देशकका अनुसार गत वर्ष राज्यमा करिब एक हजार पाँच सय संक्रमित भेटिएका थिए ।

‘प्रारम्भिक चरणमा, यो रोगले सामान्य रूपमा प्रयोग हुने एन्टिबायोटिकहरूको प्रयोगबाट उपचार गर्न सकिन्छ । त्यसैले यदि यसलाई प्रारम्भिक चरणमा उपचार गरियो भने यो जटिल हुँदैन,’ उनले भने । (एजेन्सीकाे सहयाेगमा)

ad
ad