Skip This
पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १९ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १९ शुक्रबार १६:१o:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १९ शुक्रबार १६:१o:oo

चीनको हाङझावमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

हाङझाउमा आज भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तान पाकिस्तानलाई चार विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। 

यो जितसँगै अफगानिस्तानले फाइनलमा भारतसँगको भेट पक्का गरेको छ। आजै भएको पहिलो सेमिफाइनल खेलमा भारतले बंगलादेशलाई नाै विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो।

पाकिस्तानले अफगानिस्तानलाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको थियो। जवाफमा अफगानिस्तानले १७.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। अफगानिस्तानका लागि नुर अली जाद्रनले ३९ रनको योगदान दिए भने कप्तान गुल्बादिन नैबले अविजित २६ रनको योगदान दिए। 
    
पाकिस्तानका अरफत मिनहास र अस्मान कदिरले समान दुई/दुई विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११५ रनको योगफल बनाएको थियो। 

पाकिस्तानका लागि ओमैर युसुफले सर्वाधिक २४ रनको योगदान दिए भने अमेर जमलले १४ रन बनाए। त्यस्तै अरफत मिनसले १३ तथा रोहिल नजिरले १० रन बनाए। अफगानिस्तानका फारिद अहमदले तीन विकेट झारे भने क्विस अहमदले दुई विकेट लिए। भारत र अफगानिस्तानबीचको फाइनल खेल भोलि हुदैँछ।