१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १७ बुधबार १५:३७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सामान्य अंकले बढ्यो नेप्से, एक अर्ब १९ करोडको कारोबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १७ बुधबार १५:३७:oo

सेयर बजार आज सामान्य अंकले बढेको छ। हिजाे मंगलबार दोहोरो अंकले घटेको बजार परिसूचक नेप्से आज ९.२४ विन्दुले बढेर १९६७.९७ विन्दुमा उक्लिएको छ। 

यस दिन बैंकिङ समूहबाहेक अरू सबै समूहको सेयर सामान्य रूपमा बढेको छ। आज सबैभन्दा धेरै मध्यभोटेकोशी जलविद्युत् र बुद्धभूमि हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। 

आज ४३ लाख २३ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब १८ करोड ९९ लाख रुपैयाँबराबरको कारोबार भएको छ। सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको ६ करोड ९३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

समग्रमा बजार सामान्य अंकले बढे पनि समता घरेलु लघुवित्त कम्पनीको सेयर साढे ६ प्रतिशतले घटेको छ।