
काठमाडौंको बागमती करिडोरको तिलगंगास्थित सडकखण्डमा अज्ञात व्यक्तिकाे चक्कु प्रहारबाट बाराका साविर हुसेन घाइते भएका छन्।
चक्कु प्रहारबाट घाइते भएका हुसेनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएकाे छ।
यसअघि उनकाे सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियाे। चक्कु प्रहार गरी फरार व्यक्तिकाे खाेजीकार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ।
घटनास्थलबाट एक थान कटुवा, गोली एक थान र चक्कु एक थान बरामद एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।