१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Friday, 09 May, 2025
फाइल तस्बिर
२o८o असोज १५ सोमबार १३:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन : राष्ट्रपति बाइडेन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार १३:२५:oo

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी राखे पनि धेरै समय नरहेको बताएका छन्।  

युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका कारण बाइडेनले सो कुरा बताएका हुन्।  यद्यपि, राष्ट्रपति बाइडेनले शनिबार अमेरिकी कंग्रेसलाई चेतावनी दिँदै समय घर्किँदै गइरहेको चेतावनीसमेत दिए।  

शनिबार अबेर कंग्रेसले अल्पकालीन सहयोग प्याकेज पास गरेर सरकारी सेवाहरू बन्द हुनबाट जोगाएपछि रुजबेल्ट रुमबाट बाइडेनले भने, ‘युक्रेनलाई कुनै पनि कारणले हामी अमेरिकी सहयोगलाई अवरोध हुन दिन सक्दैनौँ।’ 

हामीसँग धेरै समय छैन र तत्कालका लागि अधिक भावना छ,’ सहयोग बिलको समय मध्यनोभेम्बरसम्मका लागि मात्र रहेको उल्लेख गर्दै उनले भने।    

उनले सहयोग प्याकेजमा सकेसम्म चाँडोभन्दा चाँडो वार्ता गर्न कंग्रेसलाई आग्रहसमेत गरे। ‘सिनेट र हाउससहित दुवै पार्टीका डेमोक्रयाट र रिपब्लिकनको ठूलो बहुमतले रुसबाट भएको क्रूर आक्रमणमा युक्रेनलाई सहयोग गर्न समर्थन गर्दछ,’ राष्ट्रपति बाइडेनले कांग्रेसलाई भने, ‘खेल बन्द गरौँ र युक्रेनलाई सहयोग गरौँ।’    

तर, अधिकांश विधायकले युक्रेन सहायताका लागि कंग्रेसमा स्वीकृत हुँदै गर्दा युद्धको अवधि लम्बिँदै गएकाले अझ कठिन हुँदै गएको स्वीकार गरेका छन्। युक्रेनलाई सहायता दिनेसम्बन्धी प्रयासमा अहिले रिपब्लिकनहरूको अवरोधले गति पाइरहेको छ। रासस