१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १२:२४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

आइएमएफको मिसन टोली र सिबिफिनबीच भेटघाट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:२४:oo

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को मुख्यालयबाट टिडिआन किन्दाको नेतृत्वमा नेपाल आएको टोली र सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वको टोलीबीच भेटघाट भएको छ।

गत शुक्रबार सिबिफिन कार्यालय, सुन्धारामा भेटघाट तथा छलफल सम्पन्न भएको हो। आइएमएफको नेपालस्थित कार्यालयसँगको समन्वयमा यसअघि नै तय गरिएको उक्त भेटघाटका क्रममा चालू मौद्रिक नीति, चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन र आर्थिक एवं बैंकिङ क्षेत्रका जल्दाबल्दा विषयमा सघन छलफल भएको छ।

भेटघाटका क्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले समग्र आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा विकासका मुद्दाहरूमा आइएमफसँग निरन्तर छलफल तथा संवाद भइरहेको स्मरण गर्दै अध्यक्ष गोल्यानले नेपालको वर्तमान आर्थिक एवं बैंकिङ क्षेत्रको अवस्था, सुधारका लागि अवलम्बन गरिनुपर्ने नीतिगत एवं व्यावहारिक पक्ष र विकास साझेदार संस्थाहरूको भूमिकाका विषयमा प्रकाश पारे।

मिसन टोलीका प्रमुख टिडियान किन्दासहितका प्रतिनिधिले विश्व अर्थतन्त्रमै शिथिलता छाइरहेको सन्दर्भमा नेपालको अर्थतन्त्रमा समेत संकुचन देखिनु स्वाभाविक भए तापनि नेपाल सरकारले तत्काल सुधारका कदमहरू चाल्न आवश्यक रहेको बताए। नेपालजस्तो सुन्दर, प्राकृतिक सम्पदा र युवा जनशक्तिले भरिपूर्ण देशले आर्थिक उन्नतिको लय समात्न नसक्नुका कारण, नेपालले आर्थिक सुधारका लागि तत्काल पहलकदमी लिनुपर्ने मुख्य विषय र साझेदार संस्थाहरूको सम्भावित भूमिकाका विषयमा जिज्ञासा व्यक्त गरे।

मिसन टोलीको जिज्ञासा मेट्दै सिबिफिनका अध्यक्ष गोल्यानले नेपालको कृषि, वनपैदावर, ऊर्जा, पर्यटनलगायतका क्षेत्रहरूमा देखिएका अथाह सम्भावनालाई ध्यान दिँदै सरकार तथा मातहतका नियामक निकायहरूले मैत्रीपूर्ण नीति र वातावरण बनाई समग्र निजी क्षेत्रमा उत्साह जगाउनुपर्ने, पुँजीगत खर्च प्रणालीमा व्यापक सुधार गरी पूर्वाधारको विकासमा विशेष जोड दिइनुपर्ने, उत्पादनमूलक, रोजगामूलक र निर्यातमूलक क्षेत्रलाई प्रोत्साहनसहित प्राथमिकता दिइनुपर्ने उल्लेख गरे।

त्यसैगरी दातृ निकाय तथा विकास साझेदार संस्थाहरूले पनि आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्दै नेपालका बैंक तथा वित्तीय संस्थाहरूमार्फत सहुलियतपूर्ण ऋण लगानी उपलब्ध गराउने विषयमा आवश्यक पहल गर्न अध्यक्ष गोल्यानले टोलीसमक्ष आग्रह गरे।

त्यसैगरी, सिबिफिनका वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, उपाध्यक्ष राजेश उपाध्याय र कार्यकारी सदस्य उपेन्द्रप्रसाद पौडेललगायतले नेपालको बैंकिङ क्षेत्रले अनपेक्षित चुनौतीहरूको सामना गरिरहेको भए तापनि विश्वासिलो वातावरण, नीतिगत स्थिरता र समय सान्दर्भिक नीतिको अवलम्बन हुन सकेमा अर्थतन्त्रलाई चलायमान बनाउने सामर्थ्य बैंकिङ क्षेत्रमा रहेको विश्वास व्यक्त गरे।

उक्त भेटघाटका क्रममा अध्यक्ष गोल्यानले ‘आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू’ नामक अध्ययन पुस्तक र विभिन्न समयमा गरिएका महत्वपूर्ण अध्ययन प्रतिवेदनहरूबारे ब्रिफिङ गर्दै मिसन टोली प्रमुख टिडियान किन्दालाई हस्तान्तरण गरे। उक्त अध्ययन पुस्तक तथा प्रतिवेदनहरू ग्रहण गर्दै मिसन टोली प्रमुख किन्दाले सिबिफिनले उठाएका विषयबारे आइएमएफलगायतका निकायहरूमा आवश्यक छलफल गर्ने सन्देश व्यक्त गरे।

उक्त भेटघाट तथा छलफलमा आइएमएफ मिसनबाट मिन्क गोर्ट, रसेल ग्रिन, आइएमएफ नेपालकी आवासीय प्रतिनिधि टेरेसा डवान सान्चेज, अर्थशास्त्रीद्वय सुधा दाहाल, सरस्वती शर्मा र सिबिफिनका कोषाध्यक्ष तुल्सीराम अग्रवाल, सचिव कुशप्रसाद मल्ली, सदस्य उपेन्द्रकेशरी न्यौपानेलगायतको सहभागिता थियो।

ad
ad