१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १५ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १५ सोमबार ११:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल २०२३’ का विजेता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १५ सोमबार ११:३३:oo

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले सातौँ संस्करणअन्तर्गत आयोजना गरेको ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल २०२३’ का विजेताहरूको घोषणा गरेको छ । शनिबार साँझ काठमाडौं राष्ट्रिय नाचघरमा सम्पन्न सिनियर र जुनियरअन्तर्गत केटा र केटी गरेर चार विजेता चुनिएका छन् । जसअन्तर्गत आरुष भट्टराई, ब्रबिम बराल, सायुरी कडेल र अक्क्षयनी दाहाल ‘किड्डी फेस अफ द इयर इन्टरनेसनल २०२३’का विजेताका रूपमा घोषित भएका छन् । 

प्रतियोगितामा सिनियर केटातर्फ आरुष भट्टराई र जुनियर केटातर्फ ब्रबिम बराल विजेता बने भने सिनियर केटीतर्फ अक्क्षयनी दाहाल र जुनियर केटीतर्फ सायुरी कँडेलले उपाधि प्राप्त गर्न सफल भए । त्यस्तै, प्रतियोगितामा जुनियर केटातर्फ सम्भव जैन फर्स्ट रनअप, आर्देन सुवेदी सेकेन्ड रनरअप, सिनियर केटातर्फ भियोम गोयल फर्स्ट रनरअप र आरजय कोइराला सेकेन्ड रनरअप बन्न सफल भए । त्यसैगरी, प्रतियोगितामा सिनियर केटीतर्फ सावलिन महर्जन फर्स्ट रनरअप र दृष्टि शाह सेकेन्ड रनरअप बने भने जुनियर केटीतर्फ सदीक्षा जिसी फर्स्ट रनरअप र राधिका गोयल सेकेन्ड रनरअपको उपाधि प्राप्त गर्न सफल भए ।  

विजेताहरूले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुने अवसर र दावा एचएमसी नेपाल प्रालिको तर्फबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । सात वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा डान्स कोरियोग्राफर संयुक्त स्थापित, कोरियोग्राफी अन्तर्राष्ट्रिय फेसन कोच राज फैजू, ड्रेस डिजाइन श्रीषा बैदारले गरेका थिए  ।