
एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाशप्रसाद ढुंगेल विजयी भएका छन् ।
अर्का उम्मेदवार कृष्णप्रसाद दाहाललाई पराजित गर्दै ढुंगेल प्रदेश अध्यक्षमा विजयी भएका हुन् ।
कुल खसेको एक हजार १३१ मतमध्ये ढुंगेलले ६९६ मत प्राप्त गरे । दाहालले भने ४२९ मत ल्याए ।
उपाध्यक्षमा दावादोर्जे लामा, सचिवमा नवराज सिलवाल, खुला उपसचिवमा प्रेम महर्जन, महिला सचिवमा भक्तकुमारी लामा निर्वाचित भए ।
सचिवमा सिलवाल एक मतले विजयी भएका हुन् । सिलवालले ५६८ मत ल्याउँदा अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरे ।