१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Friday, 05 July, 2024
२o८o असोज ८ सोमबार o७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार o७:४o:oo

नेपाली हुलाक सेवाको वर्तमान अवस्था कस्तो छ ?
 नेपाली हुलाक सेवाको अवस्था नाजुक छ । यसको गति निकै सुस्ताएको छ । बजेटले अतिरिक्त कर्मचारीको दरबन्दी कटौती गरेको छ । हुलाक सेवालाई गति दिन यसको ‘रिस्ट्रक्चरिङ’ नै गर्नुपर्ने स्थिति छ । अन्तर्राष्ट्रिय वस्तु तथा चिठीपत्र एयरलाइन्सहरूले पनि बोक्न थालेका छन् । ‘डोमेस्टिक’ ले मात्र यसलाई चलायमान बनाउन सक्ने अवस्था छैन । विश्वसनीयतामा पनि कमी छ । त्यसैले, नेपाली हुलाक सेवा सोचनीय अवस्थामा पुगेको छ ।

सरकारले सरकारी निकायका चिठीपत्र र वस्तु हुलाकबाटै ‘डेलिभरी’ गर्नुपर्ने भनी ल्याएको नीति कस्तो छ ?  
सरकारको यो नीति ठिक छ । यसले हुलाक सेवाको सुधारलाई गति दिन्छ । तर, यतिले मात्र पुग्दैन । यसमा संरचनात्मक सुधारको खाँचो छ । हुलाक सेवालाई अब विभागमातहत राखेर होइन, प्राधिकरण या संस्थानको मोडेलमा लानुपर्छ । हुलाक सेवाको कार्यक्षेत्र निकै साँघुरो भएकाले यहाँ निजामती कर्मचारी कोही पनि जानै चाहँदैनन् । त्यसैले, यसलाई व्यवस्थापकीय र वित्तीय स्वायत्ततासहित विभागबाट अलग गर्नुपर्छ ।   

प्रविधि र जनशक्तिको अभावले त हाम्रो हुलाक सेवा सुस्ताएको होइन नि ?
प्रविधि र जनशक्तिको अभाव पनि एउटा कारण त हुन सक्छ । तर, परम्परागत ढंगमा चिठीपत्र मात्र ओसारेर मात्र हुलाक सेवाले गति लिन सक्दैन । त्यसका लागि नयाँनयाँ सेवामा जान सक्नुपर्छ । उदाहरणका लागि महसुल तिर्ने, प्रिमियम बुझाउनेलगायत कार्यमा दक्ष जनशक्ति तयार गरी अघि बढ्नुपर्छ । निजामती सेवाअन्तर्गत राखेरचाहिँ हुलाक सेवा चल्दैन । 

ad
ad
ad
ad