मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० असोज ८ सोमबार ०६:११:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

कांग्रेस बैठकमा सरकार र मन्त्रीको कार्यसम्पादन समीक्षाको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० असोज ८ सोमबार ०६:११:००

कांग्रेस केन्द्रीय समिति बैठकमा सरकार र पार्टीका तर्फबाट सहभागी मन्त्रीको कार्यसम्पादनमाथि समीक्षाको माग उठेको छ । सानेपामा जारी बैठकमा आइतबार धारणा राख्ने सदस्यहरूले सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् । बैठकमा उनीहरूले पार्टीका तर्फबाट सरकारमा सहभागी नौ मन्त्रीले परिणाम ल्याउने गरी काम गर्न नसकेको आरोप लगाए । ४ असोजबाट जारी बैठकमा अहिलेसम्म ३२ केन्द्रीय सदस्यले धारणा राखेका छन् ।