मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २१ बिहीबार
  • Thursday, 07 December, 2023
२०८० असोज ७ आइतबार १८:५०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

विद्यालयस्तरीय ह्यान्डबलको उपाधि गण्डकी बोर्डिङ र पोखरा एकेडेमीलाई

Read Time : < 1 मिनेट
२०८० असोज ७ आइतबार १८:५०:००

पोखरा महानगर प्रथम विद्यालयस्तरीय छात्रछात्रा ह्यान्डबलको उपाधि छात्रतर्फ गण्डकी बोर्डिङले जितेको छ। फाइनलमा लिटिल स्टेप माविलाई १६–७ गोलअन्तरले पराजित गर्दै गण्डकीले उपाधि जितेको हो। 

प्रतियोगितामा लिटिल स्टेप मावि दोस्रो तथा सरस्वती आदर्श विद्याश्रम मावि तेस्रो भए। सरस्वती आदर्श विद्याश्रमले पोखरा एकेडेमीलाई १४–१३ अन्तरले पराजित गरेको हो।

छात्रातर्फको उपाधि भने पोखरा एकेडेमीले जितेको छ। गण्डकी बोर्डिङलाई ४–२ गोलअन्तरले पराजित गर्दै पोखरा एकेडेमीले उपाधि जितेको हो। 

छात्रातर्फ पनि सरस्वती आदर्श विद्याश्रम नै तेस्रो भयो। उसले ज्ञानज्योतिको चुनौती १०–० ले पन्छाएको हो।

उपाधि विजेताले जनही १५ हजार र उपविजेताले १० हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। तेस्रोलाई जनही ७ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र दिइयो।

छात्रतर्फ गण्डकी बोर्डिङका मनीष कुँवर र छात्रातर्फ पोखरा एकेडेमीकी पूर्णिमा क्षत्री उत्कृष्ट खेलाडी घोषित भए।

पोखरा महानगर ह्यान्डबल विकास समितिको आयोजनामा ३ दिनसम्म चलेको प्रतियोगितामा छात्रतर्फ १० र छात्रातर्फ ८ टिमले भाग लिएकाे आयोजक समितिका सचिव सुभास खड्काले जानकारी दिए।