१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १४:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बनेपाको ऐतिहासिक लायकु प्रवेशद्वारको आधुनिक निर्माण रोक्न पुरातत्त्वको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:२१:oo

पुरातत्त्व विभागले बनेपाको ऐतिहासिक लायकु प्रवेशद्वारको प्राचीनता मासेर भएको आधुनिक निर्माण रोक्न निर्देशन दिएको छ।

शुक्रबार परिपत्र गरी विभागले आधुनिक सामग्री प्रयोग गरी भएको निर्माण कार्य प्राचीन स्मारक संरक्षण ऐनविपरीत भएको ठहर गरेको छ। विभागले पुरातत्व अभियन्ता श्रीकृष्ण धिमालले गरेको उजुरीका आधारमा परिपत्र गरेको हो।

जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकलाई पत्र लेखेर विभागले यस्तो निर्देशन दिएको हो।

‘प्राचीन स्मारक संरक्षण ऐन– २०१३ र नियमावली २०४६ को मर्म र भावनाविपरीत भएकोले उक्त कार्य रोक्का गरी पुरातात्विक सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोग गरिदिन हुन भनी मिति २०८०।०४।११ को विभागीय निर्णयानुसार पठाइएकोमा हालसम्म उक्त कार्य रोक्का नभएकोले निर्माण कार्य तत्कालै रोक्का गरी सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोग गरिदिन हुन अनुरोध गरिन्छ,’ परिपत्रमा भनिएको छ।

पत्रको बोधार्थ र कार्यार्थ जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेपलाञ्चोक र बनेपा नगरपालिकालाई पठाउँदै सम्पदा संरक्षण कार्यमा आवश्यक सहयोगका लागि निर्देशन दिइएको छ।

 

 

ad
ad