१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ४ बिहीबार १६:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टी र ओलीको नाममा फेक आइडी चलाउनेलाई एमालेले कानुनी कारबाही गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार १६:५७:oo

नेकपा एमालेले पार्टी र अध्यक्ष केपी ओलीको नाममा अनधिकृत रूपमा फेक आइडी प्रयोग गरी सामाजिक सञ्जालबाट भ्रमपूर्ण प्रचार गर्नेलाई कानुनी कारबाही गर्ने भएको छ।

एमालेको केन्द्रीय प्रचार विभागले त्यसरी फेक आइडी चलाउनेका विषयमा ध्यानाकर्षण भएको जनाउँदै १५ दिनभित्र सम्पर्कमा आउन आग्रह गर्दै अन्यथा कानुनी कारबाहीमा जान बाध्य हुने विज्ञप्तिमार्फत सूचित गरेको छ।

‘सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झन्डा दुरुपयोग भइरहेको छ । यसले पार्टीपंक्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको छ । तसर्थ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ,’ प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीका नाम, लोगो, झन्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउन्ट सञ्चालकहरूलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरिन्छ । अन्यथा, यस्ता फेक एकाउन्ट सञ्चालकहरूबारे आवश्यक कानुनी प्रक्रियामा जान पार्टी बाध्य हुने कुरा सूचित गरिन्छ ।’