मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २० बुधबार
  • Wednesday, 06 December, 2023
रासस टोकियो
२०८० असोज ४ बिहीबार १६:४९:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

तोसिबा कम्पनीको शताब्दी पुरानो विरासत समाप्त

Read Time : < 1 मिनेट
रासस, टोकियो
२०८० असोज ४ बिहीबार १६:४९:००

विद्युतीय उपकरण उत्पादनका निम्ति विश्वविख्यात जापानी कम्पनी तोसिबाले सूचीबद्ध कम्पनीको रूपमा आफ्नो युग समाप्त भएको घोषण गर्दै कम्पनीको ८० प्रतिशत सेयर एउटा निजी समूहले खरिद गरेको जनाएको छ।

सन् १८७५ मा स्थापना भएको तोसिबा कम्पनी १९औँ शताब्दीमा जापानको आर्थिक पुनरुत्थान र प्राविधिक क्षेत्रमा नवप्रवर्तनको पर्याय बनेको थियो। ७० वर्षसम्म सेयर बजारमा सूचीकृत कम्पनी अब त्यसबाट हट्ने प्रमुख कार्यकारी अधिकृत तारो सिमादाले बताएका छन्। ‘तोसिबा समूहले अब नयाँ सेयरधनीका साथ नयाँ भविष्यतर्फ ठूलो कदम चाल्नेछ,’ एक विज्ञप्ति निकालेर उनले भनेका छन्।

जापानमा मात्र नभएर विदेशमा पनि घरायसी ब्रान्ड बनेको तोसिबा कम्पनीले प्रारम्भिककालमा  ल्यापटप कम्प्युटर, लिफ्ट र आणविक पावर स्टेसनहरूदेखि माइक्रोचिपसम्म निर्माण गर्दै आएको थियो। सन् २०१५ मा भएको आर्थिक घोटाला र अमेरिकी आणविक सहायक वेस्टिङहाउसबाट अर्बौँ डलरको घाटा व्यहोर्नुपरेपछि केही वर्षदेखि कम्पनी संकटमा फसेको थियो।