Skip This
बालबालिकामा क्रिकेट मोह : नतिजा होइन, क्षमता अभिवृद्धि महत्वपूर्ण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ३ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज ३ बुधबार ११:१५:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बालबालिकामा क्रिकेट मोह : नतिजा होइन, क्षमता अभिवृद्धि महत्वपूर्ण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ३ बुधबार ११:१५:oo

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को अनुसन्धानअनुसार विश्वमा क्रिकेट समर्थकहरूको संख्या एक अर्बभन्दा माथि छ । यसमध्ये ९० प्रतिशत समर्थक दक्षिण एसियाका छन् । यसमा पुरुष समर्थकको संख्या ६१ प्रतिशत र महिलाको संख्या ३९ प्रतिशत छ । 

पछिल्लो समय नेपालमा पनि क्रिकेटको माहोल बढ्दै गइरहेको छ । भर्खरै मात्र नेपालले एसिया कपमा पाकिस्तान र भारतसँग प्रतिस्पर्धा ग¥यो । नेपाली टोलीका खेलाडीको खेल हेरेर धेरै युवा तथा बालबालिका क्रिकेटतर्फ आकर्षित छन् । 

क्रिकेटमा करिअर बनाउने सपना धेरैले देख्छन् । तर, सही गाइडेन्स र प्रशिक्षणको कमीका कारण धेरैको सपना अधुरै रहन्छ । राम्रो क्रिकेटर बन्नका लागि कुनै एक डिपार्टमेन्टमा मात्रै उत्कृष्ट भएर पुग्दैन । ब्याटिङ, बलिङ, फिल्डिङ र विकेट किपिङ अर्थात् अलराउन्ड स्किल जरुरी छ । 

राम्रो क्रिकेट खेलाडी बन्नका लागि समय लाग्छ । पर्याप्त अभ्यास चाहिन्छ । अभ्यासले नै बच्चाहरूको क्षमता अभिवृद्धि हुन्छ र उनीहरू प्रोफेसनल क्रिकेटर बन्ने बाटोमा अघि बढ्छन् । त्यसैले स्कुले जीवनदेखि नै क्रिकेट सिक्नु राम्रो हुन्छ । आफ्ना बच्चालाई व्यावसायिक क्रिकेटर बनाउन चाहने अभिभावकले केही कुरा ख्याल गर्न जरुरी हुन्छ । बच्चाले एउटा लक्ष्य तय गर्नुपर्छ र पूरै एकाग्रतासहित त्यसलाई हासिल गर्नका लागि मिहिनेत गर्नुपर्छ । 

भारतीय क्रिकेट टिमका प्रशिक्षक राहुल द्रविड भन्छन्, ‘जब अभिभावकले बच्चामा थोरै क्षमता देख्छन् । तब उनीहरू खुसी हुन्छन् र बच्चालाई उत्साहित बनाउँछन् । कहिलेकाहीँ हामी आवश्यकताभन्दा धेरै उत्साहित भइदिन्छौँ र बच्चाबाट ठूलो अपेक्षा राख्छौँ । यसले दबाब सिर्जना हुन्छ र उनीहरूलाई असफल पनि बनाउन सक्छ ।’

उनी थप्छन्, ‘अर्कोतर्फ प्रशिक्षक हुन्छन् । विभिन्न संघसंस्था, स्कुल, क्लब र एकेडेमीले खेल जिताउने प्रशिक्षकलाई बोनसको व्यवस्था गरेका हुन्छन् । त्यही कारण कतिपय प्रशिक्षक खेल जिताउनेतर्फ केन्द्रित हुन्छन् । मेरो विचारमा जुनियर लेभलमा खेल सिकाउने हो । उनीहरूमा धेरैभन्दा धेरै स्किल विकास गराउने हो । नतिजामा केन्द्रित हुँदा ठ्याक्कै उल्टो प्रभाव पर्न सक्छ ।’

अभ्यासका दौरान बच्चाको क्षमता आकलन गरेर सीप विकासमा केन्द्रित हुनुपर्ने उनको सुझाव छ । कमजोर पक्ष कसरी सुधार्ने र आफ्नो क्षमता अभिवृद्धि गर्ने भनेर सिकाउनु महत्वपूर्ण हुन्छ ।