१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
शिल्पा कर्ण काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

प्रतियोगितात्मक परीक्षाबाट पूर्ति हुन नसकेका २८ सहित ३७ जिल्ला न्यायाधीशको नियुक्ति

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:o१:oo

न्याय सेवा आयोगले प्रतियोगितात्मक परीक्षाबाट पूर्ति हुन नसकेका २८ सहित ३७ जिल्ला न्यायाधीशको नियुक्ति र पदस्थापन गरेको छ । मंगलबार बसेको परिषद् बैठकले जिल्ला न्यायाधीशको रिक्त पदमा उत्तीर्ण पारसमणि पोखरेलसमेत ३७ जनाको नियुक्ति र पदस्थापन गरेको हो । 

सर्वोच्चका इजलास अधिकृत पोखरेललाई मोरङ जिल्ला अदालतमा पदस्थापन गरिएको छ । न्याय सेवा आयोगले २९ पदका लागि लिएको परीक्षामा दुई सय ११ जना उम्मेदवार रहेकोमा पोखरेल मात्र उत्तीर्ण भएका थिए । परिषद् बैठकले प्रतियोगितात्मक परीक्षाबाट पूर्ति हुन नसकेका २८ पदसहित नाम सिफारिस गरेको हो ।

प्रतियोगितात्मक परीक्षाबाट पूर्ति हुन नसकेका २८ पदमा सञ्जीव पोखरेल, इन्द्रबहादुर कठायत, शम्भुप्रसाद बराल, हिरण्यप्रसाद भण्डारी र रुद्रमणि गिरीलाई सिफारिस गरिएको छ । यसैगरी, दुर्गाप्रसाद खनाल, उपेन्द्रकेशर खनाल, रेशराज शर्मा, लोकबहादुर हमाल, कोशलेश्वर ज्ञवाली, आनन्दराज पन्त, यदुराज शर्माका साथै उदवीर नेपाली पनि जिल्ला न्यायाधीशमा नियुक्त भएका छन् । त्यसैगरी नगेन्द्रकुमार कालाखेती, नगेन्द्रकेशरी पोखरेल र महेश खनाललाई पनि नियुक्त गर्ने निर्णय भएको छ । जुद्धबहादुर आलेमगर, मोना सिंह, नेत्रप्रसाद भुसाल, रामप्रसाद पौडेल र कुमार मास्केको नाम पनि नियुक्ति निर्णयको सूचीमा छ । दीपेन्द्र थापमगर, रामाकान्त यादव, नीलकण्ठ बराल, प्रदीपकुमार उपाध्याय, शिवकुमार पोखरेल र श्यामप्रसाद श्रेष्ठका साथै उषा श्रेष्ठलाई पनि जिल्ला न्यायाधीशका रूपमा नियुक्त र पदस्थापन गर्ने निर्णय छ ।

रिक्त रहेको जिल्ला न्यायाधीशको ४० प्रतिशत पदमा न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट खुला प्रतियोगितात्मक परीक्षाका आधारमा नियुक्ति हुने संवैधानिक व्यवस्था छ । आयोगले आन्तरिक खुलाबाट १५ र खुलाबाट सात न्यायाधीशको पदका लागि दरखास्त आह्वान गरेको थियो । महिला, आदिवासी÷जनजाति र मधेशीबाट दुई–दुईजना, दलितबाट एक पदका लागि आह्वान भएको थियो । पोखरेलले खुला र आन्तरिक खुलामा नाम निकालेका थिए ।

परिषद्ले ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनबाट वशिष्टकुमार घिमिरे, योगनाथ ढकाल, शम्भु गौतम, राजेन्द्रसिंह भण्डारी, रामचन्द्र शर्मा, ज्ञानेन्द्र इटेनी र कृतबहादुर बोहराको नाम चयन गरेको छ । नेपालको संविधानमा २० प्रतिशत जिल्ला न्यायाधीशका रूपमा स्नातक उत्तीर्ण न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणीको पदमा कम्तीमा तीन वर्ष काम गरेका अधिकृतमध्येबाट ज्येष्ठता, योग्यता र कार्यक्षमता मूल्यांकनका आधारमा नियुक्त गर्ने प्रावधान छ । 

बैठकले उच्चका न्यायाधीश रमेशप्रसाद राजभण्डारीलाई उच्च अदालत विराटनगर सरुवा गरेको छ । उनी पोखरामा कार्यरत थिए । सोही बैठकले १८ जिल्ला न्यायाधीशको पनि सरुवा गरेको छ । बलात्कारका अभियोग लागेका कपिलवस्तुका न्यायाधीश भुवन गिरीलाई दरबन्दी सारेर न्यायपरिषद् झिकाइएको छ । 
 

ad
ad