
सामसङ नेपालले ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’ अफर सुरु गर्ने भएको छ । कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्दा हरेक दिन उपहारस्वरूप दुई लाख ३३ हजार नौ सय मूल्यबराबरको टिभिएस एनटर्क १२५ सिसी जित्ने अवसर पाउनेछन् ।
अफरअनुसार जम्मा २५ दिनमा २५ जना विजेताले उक्त उपहार प्राप्त गर्न सक्नेछन् । योजना ५ असोजबाट सुरु भएर ३ कात्तिकसम्म कायम रहनेछ । यद्यपि, ग्राहकले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सक्नुहुनेछ ।