मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज १ सोमबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौैं
२o८o असोज १ सोमबार २१:११:oo
Read Time : < 1 मिनेट
समाचार

प्रहरी रिपोर्टसम्बन्धी नयाँ निर्देशिका, प्रमाणमा कसुर उल्लेख नहुने (यस्तो छ निर्देशिका)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
२o८o असोज १ सोमबार २१:११:oo

गृह मन्त्रालयले ‘प्रहरी चारित्रिक प्रमाणपत्र वितरणसम्बन्धी नयाँ निर्देशिका’ बनाएको छ। 

सोमबार राजपत्रमा प्रकाशित निर्देशिकाअनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछैन। 

साथै, अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने भएका छन्। 

कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भए पनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ। 

यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भए पनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा समस्या भएको गुनासोपछि नयाँ निर्देशिका बनेको हो।