Skip This
सैनिक पेट्रोलपम्पमा डिजिटल काउन्टर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १ सोमबार ११:५७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सैनिक पेट्रोलपम्पमा डिजिटल काउन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १ सोमबार ११:५७:oo

हिमालयन बैंकले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल स्टेसनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंक र सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित पेट्रोल स्टेसनबीच भएको सम्झौता उक्त काउन्टर सञ्चालनमा ल्याइएको हो ।

पेट्रोल स्टेसनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकले विभिन्न बैंकको मोबाइल बैंकिङ एपमा रहेको नेपालपे क्युआर सबै बैंकबाट जारी भएको एटिएम कार्डमार्फत पिओएस मेसिनबाट भुक्तानी गर्न सक्नेछन् ।  

बैंकका तर्फबाट बैंकका नायब प्रमुख कार्यकारी उज्ज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषको तर्फबाट कोषका सहायक रथी किरण केसीले   संयुक्त रूपमा उद्घाटन गरेका छन् ।