मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ ३१ आइतबार
  • Wednesday, 02 September, 2026
२o८o भदौ ३१ आइतबार १४:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खनिज इन्धनको प्रयोगविरुद्ध कटारीमा विद्यार्थीको र्‍याली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ३१ आइतबार १४:१७:oo

जलवायु परिवर्तनका कारण विश्वमा अति समस्यामा पर्ने मुलुकमध्येमा रहेकाे नेपालमा यसको असर, रोकथाम र न्यूनीकरणका लागि सचेत गराउँदै कटारीमा विद्यार्थीले र्‍याली निकालेका छन्।

विश्वव्यापी रूपमा जलवायु परिवर्तनले पारेको असरलाई मध्यनजर गर्दै पिपुल्स क्लाइमेट मोबिलाइजेसन (पिसिएम) कटारीले कटारी बजारमा र्‍याली निकालेको हो । कटारीमा रहेका विद्यार्थीले हातमा विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर बजार परिक्रमा गरेका थिए ।

खनिज र इन्धनको प्रयोग रोक्नका लागि वैश्विक ऐक्यबद्धता जनाउन विद्यार्थीले र्‍याली गर्दै बजार परिक्रमा गरेका हुन्। कटारीमा खनिज इन्धनको प्रयोग अन्त्य गर्न ‘जनता जलवायु मार्च’ आयोजना गरिएको विद्यार्थी अरुणा पौडेलले बताइन्।

विश्वव्यापी रूपमा हुँदै आएको खनिज इन्धनको खपत कम गर्न र यसको विकल्पमा अन्य इन्धनको प्रयोग गर्न प्रोत्साहन गर्ने उद्देश्यले र्‍याली निकालिएको उनको भनाइ थियो । खनिज इन्धनको अधिक प्रयोगले नेपालजस्ता विकासोन्मुख राष्ट्रहरू अत्यधिक मारमा पर्दै आएका छन्।