मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २९ शुक्रबार २०:१६:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

मोक्षदामा गजल वाचन सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २९ शुक्रबार २०:१६:००

१५८औँ मोतीजयन्तीको अवसरमा मोक्षदा स्कुलद्वारा आयोजित छैटौँ उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय मोतीराम स्मृति रनिङ सिल्ड गजल वाचन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा उपत्यकाभित्रका तीन जिल्लाका १८ स्कुलका छात्रछात्राको सहभागिता रहेको थियो । 

वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा संस्कृत माविका उत्सव ढुंगाना, सैनिक आवासीय महाविद्यालयकी सिल्भिया प्रजापति, एम्बेसडर एकेडेमीकी परिधि परियार र नवमञ्जुश्री माविकी एञ्जल अधिकारी क्रमशः प्रथम, द्वितीय, तृतीय र चतुर्थ घोषित भए । 

विजयी प्रतियोगीलाई प्रमुख अतिथि लम्सालले नगद पुरस्कार, रनिङ सिल्ड, ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरे । प्रमुख अतिथि लम्साललाई सम्मानसमेत गरिएको कार्यक्रममा गजलकारहरू केशव भट्टराई, सविता बराल, ज्ञानु विद्रोही, रूपक अलंकार, लेखनाथ दाहाल, उत्सव ढुंगाना र सहारा गौतमले गजल तथा कविता सुनाएका थिए । 

विद्यालयका प्रधानाध्यापक ठाकुर तिमल्सेनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. लम्सालले यस्ता कार्यक्रमले बालबालिकालाई नेपाली भाषा, साहित्यप्रति आकर्षित गर्ने र भविष्यमा सिर्जनाको बाटोतिर लाग्न उत्प्रेरित गर्ने बताए ।