Skip This
विशेष कारण भन्दै आजका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Saturday, 27 July, 2024
२o८o भदौ २९ शुक्रबार १o:५२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

विशेष कारण भन्दै आजका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार १o:५२:oo

बागमती प्रदेश सभाको आज शुक्रबारको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । बैठक भोलि शनिबार बिहान ११ बजे बस्ने प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए।

यसअघि गत गत २४ गते बसेर स्थगित गरिएको बैठक आज शुक्रबार दिउँसो १ बजेसम्मका लागि बोलाइएको थियो । प्रवक्ता गुप्ताले विशेष कारणले शुक्रबार तय भएको बैठक शनिबार बिहान ११ बजेका लागि सारिएको बताए ।

प्रवक्ता गुप्ताका अनुसार प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको निर्देशनमा शुक्रबारको बैठक शनिबार सारिएको हो। प्रवक्ता गुप्ताले शनिबारको बैठकमा विशेष समयको कार्यसूची रहेको र भदौ २४ गते बसेको प्रदेश सभा बैठकमा पेस भएका चारवटा विधेयकलाई संसदीय समितिमा पठाउने जाकारी दिए ।

२४ गते बसेको प्रदेश सभा बैठकमा विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८० र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए । बैठकमा पेस भएका विधेयकमा सैद्धान्तिक छलफलसमेत भएको थियो ।

प्रवक्ता गुप्ताले शनिबारको बैठकमा शोक प्रस्तावको कार्यसूचीसमेत रहेको जानकारी दिए । उनले संविधानसभा अध्यक्ष एवं संघीय संसद्का सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने बताए ।