१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
पाँच वर्षीया बालिका रेजिशा गोपाली
शिवहरि घिमिरे काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

कान्तिको इमर्जेन्सीमा बालिका मृत्युबारे छानबिन समितिको प्रतिवेदन : बिरामी हेर्दाहेर्दै आधा घन्टा गायब भएका थिए डाक्टर

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:१२:oo

कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्डमा पालो कुर्दाकुर्दै उपचार नपाएर मकवानपुरकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको मृत्यु हुनुमा चिकित्सकको समेत गम्भीर लापरबाही देखिएको छ । बालिकाका आफन्तले पटक–पटक अनुनय गर्दा पनि सेक्युरिटी गार्डले पालोमा राखेको, तर सोही समयमा चिकित्सक भने आधा घन्टा इमर्जेन्सी कक्षबाटै गायब भएको छानबिनबाट पुष्टि भएको हो ।

अस्पतालको लापरबाहीका कारण १८ भदौमा बालिकाको मृत्यु भएको खबर २१ भदौमा नयाँ पत्रिकाले प्रकाशित गरेपछि सोही दिन डा. प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल सदस्य रहेको छानबिन समिति गठन भएको थियो । उक्त समितिले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको छ । 

‘एक डाक्टर बिरामी हेर्दाहेर्दै बाहिर निस्किएर आधा घण्टा हराउनुभएको र बिरामी (रेजिशा)का आफन्त धेरैपटक भित्र–बाहिर गरेको देखियो,’ छानबिन समितिले पेस गरेको प्रतिवेदनमा उल्लेखित निष्कर्ष उद्धृत गर्दै मन्त्री बस्नेतले भने । 

बिरामीका आफन्त बच्चाको उपचार गरिदिन छटपटाएको देख्दादेख्दै चिकित्सक भने उपचार नै छाडेर गायब हुनु हदैसम्मको लापर्बाही भएकाले कारबाही गर्ने उनले बताए । ‘घटना हुँदा म इजिप्टमा थिएँ, खबर थाहा पाएपछि तत्काल फोन गरेर छाबिनका लागि निर्देशन दिएको थिएँ,’ मन्त्री बस्नेतले भने, ‘छानबिन प्रतिवेदन आइसकेको छ । एक चिकित्सक र एक सेक्युरिटी गार्डले लापर्बाही गरेको देखिएको छ । लापर्बाही गर्नेमाथि प्रतिवेदनका आधारमा कारबाही गर्छु ।’ 

उच्च ज्वरो र निरन्तर बान्ता भएर थलिएकी रेजिशालाई १८ भदौको साँझ आमा रिता गोपाली र हजुरबुबा कृष्णबहादुर गोपालीले कान्तिको इमर्जेन्सीमा पुर्‍याएका थिए । उनीहरूले तत्काल उपचारको व्यवस्था मिलाइदिन पटक–पटक गुहार गरे पनि त्यहाँ खटिएका कर्मचारीले पालोमा कुराएका थिए । दुई घण्टा पालो कुर्दा पनि उपचार नपाएपछि हजुरबुबा कृष्णबहादुरको काखमै रेजिशाको प्राण गएको थियो । 

लापरबाही गर्नेमाथि कारबाही गर्छु : मोहनबहादुर बस्नेत, स्वास्थ्यमन्त्री
घटना हुँदा म इजिप्टमा थिएँ, खबर थाहा पाएपछि तत्काल फोन गरेर छानबिनका लागि निर्देशन दिएको थिएँ । अहिले छानबिन प्रतिवेदन आइसकेको छ । एक चिकित्सक र एक सेक्युरिटी गार्डले लापरबाही गरेको देखिएको छ । एक डाक्टर बिरामी हेर्दाहेर्दै बाहिर निस्किएर आधा घन्टा हराउनुभएको र बिरामी (रेजिशा)का आफन्त धेरैपटक भित्र–बाहिर गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । बिरामीका आफन्त बच्चाको उपचार गरिदिन छटपटाएको देख्दादेख्दै चिकित्सक भने उपचार नै छाडेर गायब हुनु हदैसम्मको लापरबाही हो । त्यस्तो, लापरबाही गर्नेमाथि प्रतिवेदनका आधारमा कारबाही गर्छु । 

ad
ad