१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Thursday, 12 September, 2024
२o८o भदौ २८ बिहीबार १२:१o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एभरेष्ट बैंकका ग्राहकले ओम अस्पतालमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार १२:१o:oo

एभरेष्ट बैंक लिमिटेड र चाबहिलको ओम अस्पतालबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहकले उक्त अस्पतालका विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउने सम्झौता भएको हो । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार बैंकका सम्पूर्ण ग्राहक, कार्ड प्रयोगकर्ताका साथै कर्मचारी तथा तिनका पारिवारिक सदस्यले उक्त अस्पतालबाट आइपिडी–डायग्नोस्टिक्स, फार्मेसी र फिजियोथेरापीमा १० प्रतिशत छुट पाउने जनाइएको छ । त्यस्तै, दन्त सेवामा पाँच प्रतिशत छुट पाउने उल्लेख छ ।

सम्झौताका लागि आयोजित कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारीको उपस्थिति रहेको जनाइएको छ ।

 बैंकले हाल देशभरमा एक सय २७ शाखा, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक सय ६२ एटिएम तथा ३२ राजस्व संकलन केन्द्रमार्फत सेवा दिँदै आएको जनाएको छ ।