राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौहत्याको विरोधमा प्रदर्शन गरेको छ।
बुधबार काठमाडौंमा राप्रपासहित पार्टीनिकट संगठनहरूले हिन्दूराष्ट्र र राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचार काण्डको पूर्ण छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन्। सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार, स्वदेशमै रोजगार, महँगी नियन्त्रण र जनतालाई राहत प्रदान गर्न दबाबस्वरूप सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। भृकुटीमण्डपबाट सुरु भएको विरोध र्याली रत्नपार्कमा पुगेर सभामा परिणत भएको छ।