१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:o२:oo

दाँत सफा नगर्दा दाँतमा किरा लाग्ने वा बिग्रने मात्र होइन, गिजासम्बन्धी गम्भीर रोग पनि लाग्न सक्छ । विशेष गरी गुलियो खानेकुरा खाँदा मुखमा एसिड बढ्छ र त्यसले ब्याक्टेरिया उत्पादन गर्छ । दाँतमा हुने ब्याक्टेरियाले उत्पादन गर्ने इन्जाइमले दाँतका हाड खियाउँछ र अन्त्यमा गिजासम्बन्धी रोग लाग्छ । गिजामा इन्फेक्सन भयो भने शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । त्यसैले दाँत सुरक्षित राख्न हामीले विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ । 

- सुर्तीजन्य पदार्थ, जस्तै– पानपराग, खैनी पनि हानिकारक छ । यसले दाँतलाई डिस्कलर गर्छ । छालाको क्यान्सर हुन सक्ने सम्भावना पनि हुन्छ । त्यसैले सुर्तीजन्य पदार्थबाट टाढा रहनुपर्छ । 

- गुलिया कुरा खाएपछि मुख कुल्ला गर्न बिर्सनुहुँदैन । 

- खाना खाएपछि बिहान–बेलुका अनिवार्य ब्रस गर्नुपर्छ । 

- दाँत माझ्दा नरम ब्रस प्रयोग गर्नुपर्छ । 

- फ्लोराइडयुक्त मञ्जनले दाँत माझ्दा अझ राम्रो हुन्छ । बजारमा विभिन्न थरीका मञ्जन पाइन्छन्, तर फ्लोराइड भएको मञ्जन नै प्रयोग गर्नुपर्छ । 

- ब्रस गर्ने आफ्नै विधि हुन्छ । प्रायः ब्रस गर्दा अगाडि–पछाडि घोट्ने गरिन्छ । त्यसरी घोटेर गर्नुहुँदैन । माथिल्लो भागको दाँत माझ्दा ब्रसलाई माथितिर र तल्लो भागमा माझ्दा तल्तिर फर्काएर गर्नुपर्छ ।

 - दाँतका सबै भागमा ब्रस गर्नैपर्छ ।

ad
ad