१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार o६:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जोकोभिकले जिते २४औँ ग्रान्डस्लाम

नोभाक जोकोभिकले अस्ट्रेलियन खेलाडी मार्गेट कोर्टको नाममा रहेको सर्वाधिक २४ ग्रान्डस्लाम विश्व रेकर्डको बराबरी गरेका छन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o६:५९:oo

सर्वियाली खेलाडी नोभाक जोकोभिकले कीर्तिमानी रूपमा २४औँ ग्रान्डस्लाम जितेका छन् । उनले आइतबार राति न्युयोर्कको अथुर रंगशालामा ड्यानिल मेदभेदलाई ३–० को सोझो सेटमा हराउँदै वर्षको अन्तिम ग्रान्डस्लामका रूपमा रहेको युएस ओपन हात पारेका हुन् ।

ग्रान्डस्लाम टेनिस इतिहासमा अस्ट्रेलियाकी मार्गेट कोर्टले सर्वाधिक २४ उपाधि हात पारेकी थिइन् । जोकोभिकले मार्गेटको कीर्तिमान बराबरी गरेका छन् । उनले ६–३, ७–६ र ६–३ को सहज सेटमा ड्यानियललाई हराए । पहिलो सेट केवल आधा घन्टामै सकिएको थियो । त्यसपछि दोस्रो तथा तेस्रो सेटमाथि जित निकाल्न जोकोभिकले एक घन्टा ४४ मिनेट लगाए । उपाधि हात पारेपछि जोकोभिकले विशेष दिन रहेको बताएका छन् । पुरुषतर्फको इतिहासमा राफेल नाडालले २२ र रोजर फेडेररले २० ग्रान्डस्लाम हात पारेका छन् । यस सिजनमा जोकोभिकले अस्ट्रेलियन र फ्रेन्च ओपन जितेका थिए । 

जोकोभिक यस सिजनमा विम्बल्डनको फाइनलमा शीर्ष वरीयताका अल्काराजासँग पराजित भएका थिए । जोकोभिकले अस्ट्रेलियन ओपन रेकर्डका रूपमा १० पटक जितेका छन् । तेस्रो सेटको नवौँ गेममा ड्यानियलको फोरह्यान्ड प्रहार नेटमा लागेपछि जोकोभिक च्याम्पियन बने । ‘यदि वर्षमा तीनवटा ग्रान्डस्लाम जित्न सक्छु भने आउँदा दिनमा त्यही संख्यामा उपाधि हात पार्न सक्षम हुनेछु,’ उनले भने, ‘विम्बल्डन उपाधि जित्न नजिक थिएँ, त्यसवेला मेरो दिन थिएन ।’ पछिल्लो समयमा १२ मध्ये आठ ग्रान्डस्लाम उनले जिते । युएस ओपनको सफलतासँगै जोकोभिक पुनः एकपटक एटिपी वरीयताको शीर्ष स्थानमा उक्लनेछन् । 

पछिल्ला ७३ खेलमा उनले युएस ओपनमा एक सेट मात्र गुमाए । सन् २०१६ मा उनले एकपटक मात्र फाइनलमा सेट गुमाएका थिए । स्विट्जरल्यान्डका स्टान वारिन्काले उनीविरुद्ध एक सेटमा जित निकालेका थिए । । यस सिजनको युएस ओपनको फाइनलमा ड्यानिल र जोकोभिकबीच ३१ सट प्रहार भएका थिए ।

 

 

 

ad
ad