मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Wednesday, 05 February, 2025
२o८o भदौ २५ सोमबार १७:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीसहित शीर्ष नेताहरू धनगढी आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार १७:४२:oo

समाजवादी मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सभालाई सम्बोधन गर्न मोर्चाका शीर्ष नेताहरू धनगढी आउने भएका छन्। मोर्चाको प्रदेश सभा मंगलबार दिउँसो १ बजे धनगढीमा गर्ने तयारी भइरहेको छ।

सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम छ।

सभामा मोर्चा आबद्ध दलका प्रदेशका अगुवा नेताकार्यकर्ताको सहभागिता रहने एकीकृत समाजवादीका प्रदेश अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए। प्रदेशका नौवटै जिल्लाबाट सभामा सहभागिता रहने उनले बताए। प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपाल काठमाडौंबाट सँगै आउने बताइएको छ।

सभाले मोर्चालाई अझ एकताबद्ध गर्नुका साथै मोर्चाप्रति जनताको भरोसा बढाउने अध्यक्ष सिंहले बताए। सभामा शीर्ष नेताहरूले मोर्चाको आवश्यकता, औचित्य र यसको कार्यभारबारे मन्तव्य दिने आयोजकले जनाएको छ। यसअघि १३ भदौमा हुने भनिएको प्रदेशस्तरीय सभा स्थगित गरिएको थियो।