१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २५ सोमबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o भदौ २५ सोमबार o८:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार प्रिन्ट संस्करण

संविधान दिवसमा राष्ट्रिय झन्डासहित एमालेले प्रदर्शन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o भदौ २५ सोमबार o८:५५:oo

एमालेले आठौँ संविधान दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ । संविधान जारी भएको दिन ३ असोजलाई उत्सवका रूपमा मनाउने गरी एमालेले काठमाडौंलगायत सबै जिल्लामा राष्ट्रिय झन्डासहितको प्रदर्शन गर्ने तयारी गरेको छ ।एमालेले संविधान दिवसलाई उत्सवका रूपमा मनाउन पार्टीका प्रदेश र जिल्ला कमिटीलाई निर्देशन पठाएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

काठमाडौंमा भने चक्रपथस्थित नारायणचौरमा अध्यक्ष केपी ओलीको उपस्थितिमा संविधान दिवसलाई उत्सवका रूपमा मनाइने उनले बताए । उत्सव मनाउनका लागि राष्ट्रिय झन्डासहित सहभागी हुन एमालेले कार्यकर्ता पंक्तिलाई आह्वान गरेको छ । सो दिन सबैतिर राष्ट्रिय झन्डासहित पदयात्रा गर्न, देशभक्तिपूर्ण राष्ट्रिय गीत बजाउन एमालेको निर्देशन गरेको छ । काठमाडौंको प्रदर्शनलाई व्यवस्थित बनाउन एमालेले आइतबार जनवर्गीय संगठनका अध्यक्षसहितको बैठक गरेको छ । जसअनुसार बैठकले ३ असोजमा ३१ ग्यारेन्टीको नारासहित संविधान दिवस मनाउने निर्णय गरेको छ । 

बैठकमा २३ वटै जनसंगठनसहित उपत्यकाका तीन जिल्ला अध्यक्षलाई बैठकमा कार्यवाहक महासचिव प्रदीप ज्ञवाली र उपमहासचिव विष्णु रिमालले व्यवस्थित प्रदर्शनको तयारी गर्न निर्देशन दिएका छन् । 

ad
ad
ad
ad