१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार २२:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

एयर चाइनाको विमान सिङ्गापुरमा आपतकालीन अवतरण, नौ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २२:२७:oo

एयर चाइनाको एक विमानको बायाँ इन्जिनमा आगलागी हुँदा आइतबार सिङ्गापुरमा आपतकालीन अवतरण गरिएको छ । उक्त घटनामा विमानमा सवार १५५ जनामध्ये नौ जना सामान्य घाइते भएका छन् ।

चीनको दक्षिणपश्चिमी शहर छेन्दुबाट उडेको सिए ४०३ विमानले ‘फरवार्ड कार्गो होल्ड र शौचालयमा धुवाँको मुस्लो देखेको’ चांगी विमानस्थलले फेसबुकमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विमान स्थानीय समयअनुसार अपराह्न ४ः१५ बजे अवतरण भएको र सबै यात्रु र चालक दलका सदस्यलाई सकुशल बाहिर निकालिएको विज्ञप्तिमा जनाइएको छ । ‘बायाँ इन्जिनमा लागेको आगो निभाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

एक्स (ट्वीटर) मा पोस्ट गरिएको एक भिडियो क्लिपमा यात्रीहरू विमानबाट बाहिर निस्केको देखिन्छ जुन आपतकालीन स्लाइडबाट बाहिर निस्केको देखिन्छ । धावनमार्ग केही समयका लागि बन्द गरिएको र एउटा विमानलाई इन्डोनेसियाको बाटाम टापुमा डाइभर्ट गरिएको सिएएसले जनाएको छ ।

ad
ad