Skip This
पास लिएका भारतीय मोटरसाइकललाई अनावश्यक दुःख दिएको भन्दै जसपाद्वारा प्रशासनको ध्यानाकर्षण
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २२ शुक्रबार
  • Friday, 26 July, 2024
सौरभ यादव राजविराज
२o८o भदौ २२ शुक्रबार १८:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पास लिएका भारतीय मोटरसाइकललाई अनावश्यक दुःख दिएको भन्दै जसपाद्वारा प्रशासनको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o भदौ २२ शुक्रबार १८:२१:oo

भारतीय नम्बर प्लेटका मोटरसाइकललाई प्रहरीले अनावश्यक दुःख दिएको भन्दै जसपा सप्तरीले प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई ध्यानाकर्षण गराएको छ।

जसपा सप्तरीका अध्यक्ष केदारप्रसाद यादव नेतृत्वको टोलीले शुक्रबार सिडिओलाई ज्ञापनपत्र बुझाउँदै भारतीय मोटरसाइकललाई सहज रूपमा सञ्चालन गर्ने वातावरण मिलाउन माग गरेको हो।

‘पछिल्लो समय सप्तरी प्रहरी प्रशासनले भारतीय नम्बर प्लेटका मोटरसाइकल नेपाल प्रवेशमा रोक लगाउने र नियन्त्रणमा लिएर भन्सार कार्यालयमा जिम्मा लगाई लिलाम गर्ने जस्ता अनावश्यक दुःख दिएको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यस घटनाले सदियौँदेखि नेपाल र भारतबीचको गहिरो सम्बन्धलाई चिस्याउने तथा एक–आपसको रोटीबेटीको सम्बन्धमा आँच आएको हाम्रो ठहर छ‌।’

नेपालमा रहेका आफन्तजनलाई भेट्न आउने भारतीयमाथि बर्बरतापूर्ण व्यवहार गरेको भन्दै जसपाले यस्तो व्यवहारले दुई मित्रराष्ट्रबीचको मैत्रीपूर्ण सम्बन्धमा ठाडो चुनौती दिएको ठहर गरेको छ।

जसपा सप्तरीले मोटरसाइकलको सहज प्रवेशका लागि पास लिने स्थानको विस्तार गर्नसमेत माग गरेको छ। ‘भन्सार काटेर नेपाल प्रवेश गर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न र भारतीय मोटरसाइकललाई सहज रूपमा आफूले लिएको अनुमतिको आधारमा निर्बाध रूपमा सञ्चालन गर्ने वातावरण मिलाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौँ,’ पत्रमा उल्लेख छ।

ज्ञापनपत्र बुझ्दै सप्तरीका सिडिओे किरण थापाले समस्या समाधानका लागि आफ्नो स्तरबाट हुन सक्ने काम गर्ने बताए।