१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o८:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५७:oo

काठमाडौं महानगरपालिका– १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगुबाट संक्रमित भएका रिजालको आज बिहान ग्रान्डी अस्पतालमा उपचारका क्रममा असामयिक निधन भएको महानगरका प्रवक्ता नवीन मानन्धरले नयाँ पत्रिकालाई जानकारी दिए ।

प्रवक्ता मानन्धरका अनुसार पाँच  दिनअघि अस्पताल भर्ना भएका रिजालको फोक्सोमा पानी जम्ने र निमोनियाको समस्या थियो । स्वास्थ्य अवस्था नाजुक बनेपछि दुई दिनदेखि भेन्टिलेटरमा राखेर उनकाे उपचार भइरहेको थियो । 

उनी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । कांग्रेस काठमाडौं क्षेत्र नं. ७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजाल काठमाडौं महानगरपालिका– १६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।

महानगरले रिजालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राख्ने भएकाे छ । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्राेतले जानकारी दिएको छ । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् । 
 
 

ad
ad