१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २० बुधबार
  • Friday, 09 May, 2025
२o८o भदौ २० बुधबार २o:५३:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पूर्वी युक्रेनको बजारमा रुसी आक्रमण, १६ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २० बुधबार २o:५३:oo

पूर्वी युक्रेनको एक बजारमा बुधबार रुसी आक्रमणमा परी १६ व्यक्तिको ज्यान गएको छ। अन्य केही घाइते भएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाको पुष्टि गरेका छन्। 

‘अहिले रुसी आतंककारीको तोपखानाले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टिनिभका सहरमा १६ जनाको हत्या गरेको छ। आक्रमण व्यावसायिक स्थलमा पसलहरू खुलेको र सर्वसाधारण सामान खरिदका निम्ति बजारमा व्यस्त रहेको भएकाले अन्य धेरै व्यक्ति घाइते भएका छन्,’ जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्। 

प्रधानमन्त्री डेनिस स्मिगलले सेक्युरिटी क्यामेरा फुटेज पोस्ट गरेका छन्। छोटो भिडियोमा विस्फोटले कियोस्कको भिडलाई तितरबितर बनाएको र घटनापछि स्थानीय बासिन्दाहरू उद्धारका लागि दौडिरहेका देखिन्छन्। 

युक्रेनको गृह मन्त्रालय इगोर क्लाइमेन्कोले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आक्रमणमा परी २८ जना घाइते भएको जनाएको छ। 

कोस्ट्यानटाइनिभका पूर्वी औद्योगिक क्षेत्र डोनेट्स्क अनुमानित ७० हजार मानिसहरूको बसोबास भएको युद्धमा अग्रपंक्तिमा रहेको एक सहर हो। कोस्ट्यानटाइनिभका फेब्रुअरी २०२२ मा रुसले आक्रमण सुरु गरेदेखि युद्धको केन्द्रविन्दु बनेको छ। 

सन् २०१४ देखि क्रेमलिन समर्थित पृथकतावादी समूहले डोन्टेट्स्कलाई आंशिक रूपमा नियन्त्रण गर्दै आएको छ।