मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २० बुधबार
  • Thursday, 19 December, 2024
२o८o भदौ २० बुधबार १o:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विवाहित छोरीकाे अविवाहित नागरिकता बनाउन खोज्दा बुबा पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २० बुधबार १o:२९:oo

सिराहामा विवाहित छोरीकाे अविवाहित नागरिकता बनाउन खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिराहाको नवराजपुर गाउँपालिका– ३ का अरबिन्दकुमार यादवले २२ वर्षीया छोरी सुनिताकुमारी यादवलाई अविवाहित नागरिकता बनाउन खोज्दा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सिराहामा विवाहित भए पनि झुटो विवरण पेस गरी छोरीलाई नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले बुबालाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय सिराहाका सूचना अधिकारी भवेश झाले नागरिकता सनाखतको क्रममा विवाहित भएको पुष्टि भएपछि झुटो विवरणसहित सनाखत गर्ने बुबा अरबिन्दलाई पक्राउ गरिएको बताए ।

विवाहित छोरीलाई अविवाहित नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष वंशीलाल यादवलाई पनि नियन्त्रणमा लिइने जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ । जानाजान विवाहितलाई अविवाहित भनेर सिफारिस गर्ने नवराजपुर गाउँपालिका– ३ का वडाध्यक्ष यादवलाई नियन्त्रणमा लिइने सूचना अधिकारी झाले बताए । यस विषयमा थप छानबिन गर्नुपर्ने भएकाले वडाध्यक्षलाई पनि झिकाउने निर्देशन प्रजिअबाट प्राप्त भएको सूचना अधिकारी झाले बताए ।

अविवाहित नागरिकता बनाउन खोज्ने सुनिताको सप्तरीको बोदेबर्साइन नगरपालिका– १० खडगपुरमा ०७८ फागुनमा सामाजिक परम्पराअनुसार विवाह भएको तथ्य प्राप्त भएको सूचना अधिकारी झाले बताए ।