भारतलाई १४५ रनको नयाँ लक्ष्य, २३ ओभरको खेल

सोमबार, १८ भदौ, २०८०
डिजिटल संस्करण

लगातारको वर्षाको कारण खेल प्रभावित भएपछि भारतले नयाँ लक्ष्य पाएको छ।

अब कुल २३ ओभरको खेल हुनेछ भने खेल जित्न भारतले एक सय ४५ रन बनाउनुपर्नेछ । लगातार वर्षाले खेल प्रभावित भएपछि नयाँ लक्ष्य निर्धारण भएको हो।  

यसअघि नेपालले भारतलाई दुई सय ३१ रनको लक्ष्य दिएको थियो । तर, भारत ब्याटिङमा उत्रिएलगत्तै वर्षा भएपछि खेल रोकिएको थियो। 

वर्षाले खेल रोकिनुअघि २.१ ओभरको खेल भएको छ। जहाँ भारतले कुनै विकेट नगुमाई १७ रन बनाएको छ।

सुझावित समाचार