१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १४ बिहीबार
  • Sunday, 29 September, 2024
२o८o भदौ १४ बिहीबार १८:o६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्रोत नखुलेको पौने पाँच लाख भारु बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ १४ बिहीबार १८:o६:oo

कैलालीको गोदावरी नगरपालिकाबाट प्रहरीले स्रोत नखुलेको पौने पाँच लाख भारतीय रुपैयाँ र लागुऔषध खैरो हेरोइन बरामद गरेको छ। 

गोदावरी नगरपालिका–१, बनखेत बस्ने रमेशबहादुर तिरुवाको घरबाट २.१९० ग्राम लागुऔषध र चार सय साढे ७४ हजार भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

लागुऔषधको कारोबार भइरहेको छ भन्ने सूचनाका आधारमा घरमा खानतलासी गर्दा लागुऔषध र स्रोत नखुलेको भारतीय रुयैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। लागुऔषध र स्रोत नखुलेको रकमसहित तिरुवालाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बस्यालले बताए।

घरको भित्तामा सुर्तीको कभरमा लुकाएको अवस्थामा लागुऔषध र पंखाको कार्टुनमा लुकाएको अवस्थामा भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, प्रहरीले कैलालीको लम्कीबाट प्रहरीले बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ। 

एक नाल बन्दुक, त्यसको म्यागजिन एक थान र १५ राउन्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ। गस्तीमा गएको प्रहरी टोलीले हतियारसहित बाटोमा रहेका अर्जुन बिक, रामचन्द जैसी, नरेश डगौरा र सचिन चौधरीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए।