१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १४ बिहीबार
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १४ बिहीबार १७:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बौद्धमा गाईजात्राको तयारी पूरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १४ बिहीबार १७:३o:oo

बौद्धमा गाईजात्राको तयारी पूरा भएको छ। ऐतिहासिक सांस्कृतिक पर्वका रूपमा मनाइँदै आएको गाईजात्रा, रोपाइँ जात्रा र घोनाई जात्रा सम्पन्न गर्नका लागि बौद्धनाथ क्षेत्र विकास समिति, काठमाडौं महानगरपालिका– ६ र बौद्ध तामाङ कल्याण गुठीको संयुक्त आयोजनामा शुक्रबार (१५ भदाै)मा सम्पन्न गरिँदै छ। 

बौद्ध घ्याङ गुठीले आयोजना गर्ने सो कार्यक्रम २०५३ सालबाट बौद्धनाथ क्षेत्र विकास समिति गठन भएपछि समितिकै सक्रियतामा र स्थानीय धार्मिक संस्थाहरूको सहभागितामा आयोजना गर्दै आएको छ। 

सरकारले बौद्धनाथ क्षेत्र विकास समिति गठन गरेपछि चिनियाँ लामाको अधिनस्थ रहने बौद्ध घ्याङ गुठी यस्ता स्थानीय जात्रा तथा पर्वहरूबाट बाहिरिएको छ। बौद्ध घ्याङ गुठीका पुजारी चिनियाँ लामाको सो क्षेत्रको धर्म संस्कृतिप्रति सद्भाव नदेखिएपछि स्थानीय तहका सामाजिक संघसंस्थाहरूले यो पर्वलाई निरन्तरता दिन थालेका हुन्। 

यसपटक गाईजात्रा, रोपाई जात्रा तथा घोनाई जात्रा पर्वका लागि काठमाडौं महानगरपालिकाको सम्पदा विभागबाट १५ लाख, बौद्धनाथ क्षेत्र विकास समितिको तर्फबाट रु १० लाख बजेट विनियोजन गरिएको कुरा तामाङ कल्याण गुठी बौद्ध, फूलबारीमा आयोजित पत्रकार सम्मेलनमा मुल समारोह समितिका संयोजक जयमंगल लामा, काठमाडौं महानगरपालिका– ६ का अध्यक्ष भुवन लामा, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले बताएका छन्। 

बौद्ध क्षेत्रको मौलिक संस्कृतिमा आधारित रोपाई जात्रा (घोनाई) सो क्षेत्रको पहिचानका रूपमा छ। यसपटक विभिन्न १० विधामा प्रतिस्पर्धीहरूलाई सहभागी गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारसमेत व्यवस्था गरिएको आयोजक समितिले बताएको छ। 

समितिका अनुसार प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २५ सय राशिको नगद पुरस्कारसहित प्रमाणपत्र, पदक र ट्रफी प्रदान गरिने कार्यक्रम छ। 

गाईजात्रामा रोपाहार, बाउसे, हलगोरु, झाँकी, हास्य–व्यंग्य, ख्याली, लाखे, घोडा, बाल रोपाहार र बाल बाउसे विधामा प्रतिस्पर्धा हुने बताइएको छ। प्रतियोगीहरूको छनोटका लागि वीरबहादुर लामाको संयोजकत्वमा १० सदस्यीय निर्णायक समिति बनेको कुरा समारोह समितिका प्रवक्ताद्वय सम्पूर्णकुमार लामा र टासीकुमार लामाले बताए।