१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
राप्तीसोनारी गाउँपालिका– ७ खल्ला झगडियास्थित राप्ती नदीले कटान गरेको तटबन्ध र सडक।
२o८१ बैशाख १८ मंगलबार २२:४५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तटबन्ध भत्काएर राप्ती नदी गाउँ पस्न थालेपछि स्थानीय चिन्तित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार २२:४५:oo

राप्ती नदीले धार परिवर्तन गरी कटान सुरु गरेपछि राप्तीसोनारी र नरैनापुरका स्थानीय चिन्तित भएका छन् । 

नदीले राप्तीसोनारी गाउँपालिका– ७ खल्ला झगडियास्थित तटबन्ध भत्काउँदै कटान सुरु गरेको छ । यसबाट राप्तीसोनारी गाउँपालिका– ७ तथा नरैनापुर गाउँपालिका  ५ र ६ का सर्वसाधारण प्रभावित भएका छन् । 

राप्तीसोनारी– ७ खल्ला झगडियाका दुर्गाप्रसाद पाण्डेले बाढीले तटबन्धसँगै सडक बगाएको जानकारी दिए । 

सडक कटान भएपछि खल्ला झगडिया, देउपुर्वा, मटेहिया, गंगापुर, कुदरबेटवा, कुडुवा, लालपुर, दोन्द्रा, नेवाजी गाउँका सर्वसाधारणलाई आउजाउ गर्न समस्या भएको छ। ‘यी गाउँलाई जोड्ने सडक कटान भएपछि विद्यार्थी, महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई आउजाउ गर्न समस्या भएको छ । सडक नहुँदा बालबालिका विद्यालय आउनबाट वञ्चित भएको अवस्था छ,’ उनले भने । 

राप्ती नदीले राप्तीसोनारी– ७ खल्ला झगडियामा निर्माण भएको तटबन्ध भत्काएर खेतीयोग्य जमिनसमेत काट्न थालेको राप्तीसोनारी– ७ का वडाध्यक्ष रामलखन थारूले जानकारी दिए । 

उनले भने, ‘नदीले तटबन्ध भत्काइसक्यो । अब थोरै कटान गरे खेतीयोग्य जमिनसँगै बस्तीमा पस्ने खतरा छ,’ उनले भने, ‘बेलैमा तटबन्ध नगरे ठूलो क्षति हुनेछ ।’ 

बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि जमिन कटान गर्दै नदी बस्तीतिर पसेको राप्तीसोनारी गाउँपालिका– ७ नयाँबस्ती फरेदा गाउँका शंकर यादवले बताए । 

उनका अनुसार नदी बस्तीमा पस्ने डरले राप्तीसोनारी– ७ का देउपुर्वा, खल्ला झगडिया, लालपुर, पिप्रहवा, माथिल्लो झगडिया र नरैनापुर– ६ का दोन्द्रा, कुडुवा, कुदरबेटवा, गंगापुर, भोज भगवानपुर तथा नेवाजी गाउँका झन्डै पाँच सय परिवार विस्थापित हुने सम्भावना बढेको छ ।

राप्तीसोनारी– ६ को विसम्भरपुर र पदनाहा गाउँनजिकको तटबन्ध राप्ती नदीले गत वर्ष भत्काएको थियो । सोही क्षेत्रबाट पनि नदीले कटान तीव्र पारेको राप्तीसोनारी– ६ का वडाध्यक्ष लवराज खरेलले बताए । 

तटबन्ध निर्माण नभएकाले राप्तीसोनारीको ६ र ७ नम्बर वडाका पदनाह, भवनियापुर, पहाडीपुर, वसन्तापुर, गेन्दवा, सर्रा, सर्री भर्ठा गाउँ जोखिममा परेको अध्यक्ष खरेलले जानकारी दिए । 

‘२३ असोज ०७९ मा आएको बाढीले दुई हजार पाँच सय मिटर तटबन्ध र सडक भत्काएको थियो,’ उनले भने, ‘बचेको तटबन्ध र सडक पनि राप्ती नदीले अहिले भत्काइरहेको छ ।’

ad
ad