१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २२ शनिबार १७:२५:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

कोसी प्रदेशमा ९७ प्रतिशत धान रोपाइँँ

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:२५:oo

कोसी प्रदेशमा साउन अन्तिमसम्म करिब ९७ प्रतिशत धान रोपाइँ भएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार ३२ साउनसम्म कोसीका जिल्लाहरूमा कुल ९६.६३ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ।

कोसी प्रदेशमा  कुल  आठ लाख २६ हजार ६ सय ४६ हेक्टर  खेतीयोग्य जमिन छ। त्यसमध्ये तीन लाख ४० हजार आठ सय २९ हेक्टरमा धान रोपाइँँ हुँदै आएको छ । साउन मसान्तसम्म धान रोपाइँ हुनेमध्ये तीन लाख २९ हजार तीन सय ५५ हेक्टरमा धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ। 

निर्देशनालयका अनुसार प्रदेशको उच्च पहाडी जिल्ला सोलुखुम्बु र तराईको सुनसरीमा शतप्रतिशत धान रोपाइँ भइसकेको छ। मोरङमा ९९ प्रतिशत र झापामा ९८ प्रतिशत रोपाइँ भएको बताइएको छ। प्रदेशमा सबैभन्दा कम मध्यपहाडी जिल्ला इलाममा ८५ प्रतिशत मात्र धान रोपाइँ भएको छ। गत वर्ष साउन तेस्रो हप्तासम्ममा कोसी प्रदेशभर कुल ८८.४० प्रतिशत धान रोपाइँ भएको थियो।

उच्च पहाडी जिल्लामा ९५  प्रतिशत रोपाइँ 
प्रदेश कृषि निर्देशनालयको तथ्यांकअनुसार कोसीमा चालू वर्ष उच्च पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा गरी ९५.३२ प्रतिशत धान रोपाइँ भइसकेको छ। यी जिल्लाको कुल खेतीयोग्य एक लाख ४५ हजार पाँच हेक्टर जमिनमध्ये २४ हजार एक सय १३ हेक्टरमा धान रोपाइँ हुन्छ।

ताप्लेजुङमा ९५ प्रतिशत अर्थात् आठ हजार तीन सय हेक्टरमा रोपाइँ भएको छ।  संखुवासभामा पनि ९५ प्रतिशत अर्थात् १३ हजार एक सय ५८ हेक्टरमा धान रोपाइँ भएको छ भने सोलुखुम्बुमा शतप्रतिशत अर्थात् १५ हजार २५ हेक्टरमा धान रोपाइँ भइसकेको छ।
 
मध्यपहाडी जिल्लामा ९१  प्रतिशत रोपाइँ
कोसीका मध्यपहाडी जिल्लाहरू इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ र उदयपुरमा गरी ९१.४६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।

प्रदेशका मध्यपहाडी जिल्लाहरूमा चार लाख २४ हजार सात सय १३ हेक्टर कुल खेतीयोग्य जमिन छ। तीमध्ये ९० हजार नाै सय १६ हेक्टरमा धान रोपाइँ हुन्छ। खेतीयोग्य जमिनमध्ये खोटाङमा हालसम्म ९० प्रतिशत (११ हजार ६ सय आठ हेक्टर), ओखलढुंगामा शतप्रतिशत (चार हजार चार सय तीनहेक्टर), उदयपुरमा ९५.६२  प्रतिशत (१२ हजार सात सय ९३ हेक्टर) जमिनमा धान रोपाइँ भइसकेको छ।

यसैगरी, धनकुटामा ८९.५० प्रतिशत अर्थात् ७१ हजार १५ हेक्टर, तेह्रथुममा ९९ प्रतिशत अर्थात् १० हजार ७३ हेक्टर, भोजपुरमा ८९ प्रतिशत अर्थात् १६ हजार एक सय एक हेक्टर, इलाममा ८५  प्रतिशत अर्थात् १२ हजार पाँच सय ९२ हेक्टर र पाँचथरमा ९२ प्रतिशत अर्थात् आठ हजार चार सय ६६   हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।

तराईमा ९९ प्रतिशत रोपाइँ
यस वर्ष कोसीका तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरीमा ९८.८६ प्रतिशत धान रोपाइँ भइसकेको छ। यी तीन जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये दुई लाख २५ हजार आठ सय हेक्टरमा धान रोपाइँ हुन्छ।

हालसम्म प्रदेशका यी तीन जिल्लामा दुई लाख २३  हजार दुई सय १७ हेक्टर जमिनमा धान रोपाइँ भइसकेको छ। निर्देशनालयका अनुसार सुनसरीमा  ५५ हजार हेक्टर, मोरङमा ८२ हजार चार सय ६७ हेक्टर र झापामा ८५ हजार सात सय ५० हेक्टरमा धान रोपाइँ भइसकेको छ।

तराईमा रोपाइँ बढ्यो, पहाडमा घट्यो
यो वर्ष समयमै मनसुन भएको र लामो समय खडेरी नपरेकाले गत वर्षभन्दा धेरै हेक्टर जमिनमा धान रोपाइँ भएको प्रदेश कृषि निर्देशनालयकी बाली विकास अधिकृत भवानी बस्नेतले बताइन्। यद्यपि, यो वर्ष तराईमा गत वर्षको भन्दा रोपाइँ धेरै भए पनि मध्यपहाडी जिल्लामा भने सातदेखि आठ प्रतिशत घटेको छ।

मध्यपहाडी जिल्लामा जेठमै रोपाइँ हुने र त्यसवेला पर्याप्त पानी नपर्दा हुनुपर्नेजति जमिनमा रोपाइँ हुन सकेन। यसैगरी, पहाडी जिल्लाहरूमा गोरु प्रयोग गरेरै रोपाइँ गर्ने गरिएकोमा पशुमा देखापरेको लम्पी स्किन रोगले गर्दा रोपाइँमा बाधा पुगेको बस्नेतको भनाइ छ।

ad
ad