१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १६:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, तीनजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १६:४७:oo

मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरको चौदण्डी नगरपालिका– १० मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक हरिन्द चौधरीका अनुसार गाईघाटबाट बेल्टारतर्फ जाँदै गरेको ना.६त ६६१८ नम्बरको ट्याक्टर दुर्घटनमा परेको थियो।

मृत्यु हुनेमा धनुषा जिल्ला मिथिला नगरपालिका– ११ बस्ने वर्ष १७ का सुरज मगरको रहेको चौधरीको भनाइ छ। उनले भने, ‘मृतक मगरको मुखमा चोट लागेर बोल्न नसक्ने अवस्थामा थिए। उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा सुनसरीमा पुर्‍याउँदा मृत्यु भएको हो।’

घाइते हुनेमा धनुषाको मिथिला नगरपालिका– ११ कै वर्ष १७ का धीरन परियार, वर्ष ४० का बालकुमार आलेमगर, वर्ष १९ का मिलन परियार रहेको प्रहरीको भनाइ छ। 

शुक्रबार ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो। ट्याक्टर र ट्याक्टरचालक सोही स्थानका वर्ष २० का प्रेम परियारलाई इलाका प्रहरी कार्यालय बेल्टारको उदयपुरले नियन्त्रण लिएको छ। 
 

ad
ad