गत आवमा भित्रियो १२.२० खर्ब रेमिट्यान्स, २१.२ प्रतिशतको वृद्धि

शुक्रबार, १ भदौ, २०८०
डिजिटल संस्करण

गत आर्थिक वर्ष ०७९/८० मा नेपालमा १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो।

समीक्षा वर्ष नेपालमा आउने रेमिट्यान्स २१.२ प्रतिशतले बढेको छ। अघिल्लो आव ०७८/७९ मा नेपालमा १० खर्ब सात अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

तथ्यांकअनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई नाै अर्ब ३३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ।

सुझावित समाचार