१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका बढैयाताल गाउँपालिका–१ सानो डाँफेका ५० वर्षीय कृपाल सुनार
२o८१ बैशाख २१ शुक्रबार ११:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:४८:oo

बर्दियामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा बढैयाताल गाउँपालिका– १ सानो डाँफेका ५० वर्षीय कृपाल सुनार पक्राउ परेका छन् । उनले आफ्नै ४० वर्षीया श्रीमती केशकुमारी विकको हत्या गरेको प्रहरीले जनाएको छ । 

बिहीबार दिउँसो २ बजेको समयमा घरदेखि करिब पाँच सय मिटर टाढा जुहारीलाल एरीको धानखेतमा घाँस काटिरहेको समयमा श्रीमान् सुनारले केशकुमारीलाई धारिलो हतियार प्रहार गरेका थिए । 

सुरुमा धारिलो हतियार प्रयोग गरेर घाइते बनाएको र खेतमा भएको पानीमा श्रीमतीको टाउको थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए । 

घटनाको कारण भने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । श्रीमान् सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि बर्दिया अस्पतालमा राखिएको छ । 
 

ad
ad