१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १४:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

२० वर्षदेखि बाँझो रहेको जग्गामा स्याउ र ओखरको व्यावसायिक खेती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १४:४६:oo

लमजुङको दोर्दी गाउँपालिका– ४ दाम्राङको घिचे लेकमा २० वर्षदेखि बाँझो रहेको जग्गामा ओखर, स्याउ र टिमुरको व्यावसायिक खेती गरिएको छ।

दोर्दी गाउँपालिकाका अध्यक्षसमेत रहेका युवराज अधिकारीको नेतृत्वमा राजेन्द्र वस्ती, श्याम बराली र राम पाण्डेले संयुक्त लगानीमा एक सय २० रोपनी जग्गा खरिद गरी ओखर, स्याउ र टिमुरको व्यावसायिक खेती सुरु गरेका हुन्।

ग्रामीण पर्यटन प्रवर्द्धनका लागि जुटेका चार युवाले दाम्राङ एग्री इको टुरिजम प्राइभेट लिमिटेड नामको संस्था गत वर्ष दर्ता गरेरै सो संस्थामार्फत जिल्लामा पहिलोपटक ओखर र स्याउको व्यावसायिक खेतीको थालनी गरेका हुन्। ओखर, स्याउ र टिमुरको बगैँचा प्रवर्द्धनका लागि करिब डेढ करोड लगानी गरिएको र ‘फुलफेज’मा उत्पादन भएपछि वार्षिक ६० लाख आम्दानी गर्ने लक्ष्य रहेको सञ्चालक राजेन्द्र वस्तीले बताए।

‘ओखर, स्याउ र टिमुरको बगैँचा प्रवर्द्धनका साथै यसको मुख्य उद्देश्य ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने रहेको अर्का सञ्चालक युवराज अधिकारीले बताए। उनले भने, ‘२० वर्षदेखि बाँझो रहेको जग्गामा चारजना मिलेर व्यावसायिक स्याउ, ओखर र टिमुर खेती गरिएको हो।’

ad
ad