१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

मोहन बगानको  सामना गर्दै मच्छिन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२१:oo

नेपालको मच्छिन्द्र क्लबले एएफसी कपअन्तर्गत बुधबार प्रारम्भिक चरणको दोस्रो छनोटमा भारतको मोहन बगानसँग प्रतिस्पर्धा गर्दैै छ । मोहन बगान भारतकै सर्वाधिक पुरानो क्लबमध्ये एक हो । अहिले मोहन बगान इन्डियन सुपर लिग (आइएसएल)मा आबद्ध क्लब हो ।

कोलकाताको साल्टलेक स्टेडियममा मच्छिन्द्र र मोहन बगानबीचको खेल साँझ ७ः१५ बजे हुनेछ । मच्छिन्द्रले गत साता दशरथ रंगशालामा भुटानको लिग च्याम्पियन पारो एफसीलाई ३–२ ले हराउँदै दोस्रो चरण स्थान पक्का गरेको थियो । आज हुने खेलको विजेता प्लेअफमा पुग्नेछ ।

मच्छिन्द्र र मोहन बगानबीचको विजेताले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब इगलमध्ये एकसँग प्लेअफ खेल्नेछ । प्लेअफ विजेता दक्षिण एसियन जोनबाट एएफसी कपमा छनोट हुनेछ । नेपाली फुटबलको इतिहासमा मनाङ मस्र्याङ्दीबाहेक अन्य कुनै पनि क्लब एएफसी कपको समूह चरणमा पुगेका छैनन् । यसअघि नेपालबाट त्रिभुवन आर्मी र मच्छिन्द्र दुई संस्करणको प्रारम्भिक चरणबाट बाहिरिएका थिए । 

गत साता पारोविरुद्धको जितमा मच्छिन्द्रका लागि विमल घर्तीमगर, आयुष घलान र आफिज ओलावालेले गोल गरेका थिए । यसपटक मच्छिन्द्रसँग विदेशी खेलाडी थप भएको छ । गत साताको प्रतिस्पर्धामा समावेश नभएका स्ट्राइकर मेसुके ओलोमोउले मोहन बगानविरुद्ध खेल्ने क्लबले जनाएको छ । छनोट प्रतियोगिताकै लागि मच्छिन्द्रले अन्य ‘ए’ डिभिजन क्लबमा आबद्ध राम्रा आठ खेलाडी अनुबन्ध गरेको छ । यसको प्रभाव पारो एफसीविरुद्ध देखियो । 

ad
ad